TodayPati

सर्लाहीको सिडिओमा रामकुमार महतो आउँदै

टुडेपाटी-
सर्लाही, असार १५ गते ।

सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सिडीओ)को रुपमा रामकुमार महतो आउने भएका छन् ।

झण्डै एकवर्षदेखि कञ्चनपुर जिल्लाको सिडीओ रुपमा रहेका महतोलाई गृहमन्त्रालयले मंगलबार सर्लाही सरुवा गरेको हो ।

Sponsored

सडीओ महतो केहिदिन भित्रै जिल्ला प्रशासन कार्यालयमा हाजिर हुने जनाइएको छ ।

लामोसमय शाखा अधिकृत रहेका महतो झण्डै एकवर्ष अघि प्रशासन सेवा तर्फ सहसचिवमा नाम निकालेपछि पहिलोपटक उनलाई गृहमन्त्रालयले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको सिडीओको जिम्मेबारी सदिएको थियो ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज घर भएका महतो लोक सेवा आयोगबाट सहलेखापालमा नाम निकालेर सरकारी जागिरको यात्रा सुरु गरेका थिए ।

Sponsored

महतो झण्डै डेढवर्ष अघि सर्लाही जिल्लाको कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *