TodayPati

आज पनि देशका धेरै स्थानमा वर्षा, राति प्रदेश २ सहित चार प्रदेशमा भारी वर्षा हुने

टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।

आज पनि देशका धेरै ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Sponsored

यस्तै राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

अहिले पनि गण्डकी र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *