काठमाडौंमा भोलिदेखि सार्वजनिक यातायात चल्ने
टुडेपाटी-
काठमाडौं, असार १४ गते ।
काठमाडौं उपत्यकामा भोलिदेखि सर्वाजनिक यातायात जोरविजोर प्रणालीमा चल्ने भएको छ ।
भोलिदेखि २५ भन्दा धेरै सिटयुक्त सार्वजनिक यातायातका साधन जोरविजोरमा चल्न पाउने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।
पराजुलीका अनुसार खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ भने अन्य पसल ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।
कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञा अझै खुकुलो पारिएको छ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायात जोरविजोरमा चलाउने निर्णय गरेको हो ।
Sponsored
निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन बन्द रहेको छ ।
यसअघि निजी सवारीसाधन जोरविजोर प्रणालीमा खुल्ला गरिसकिएको छ ।