भारतमा २१ दिन ‘लकडाउन’, कुनै हालतमा घरबाट ननिस्किन मोदीको आग्रह (भिडियो सहित)
टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।
कोरोना संक्रमण फैलिन नदिन छिमेक देश भारतमा २१ दिनको लागि लकडाउनको घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले मंगलबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।
आज राति १२ बजेदेखि लागु हुने गरी लकडाउन गरिने उनले घोषणा गरे ।
तिव्रगतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न उनले कुनै पनि हालतमा घरबाट ननिस्किन देशबासीलाई अपिल गरे । ‘२१ दिन नसम्हलिए २१ वर्ष देशपछि पर्नेछ’ उनले भने ‘यसको लागि हामी २१ दिन घरमै बसौं ।’