TodayPati

स्पेनमा एकै दिन ५ सय बढीको मृत्यु, संक्रमितको संख्या ४० हजार पुग्यो

टुडेपाटी
मड्रिड, चैत ११ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण स्पेनमा एकैदिन पाँच सय १४ जनाको ज्यान गएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार स्पेनमा कोरोनाका कारण अहिलेसम्म दुई हजार ६ सय ९६ जनाको ज्यान गएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नजिक छ ।

सङ्क्रमितमध्ये पाँच हजारभन्दा बढी स्वास्थ्य संस्थामा काम गर्नेकर्मचारी रहेको जनाइएको छ ।

Sponsored

कोरोनाका कारण स्पेन युरोपमा इटलीपछि सबैभन्दा बढी प्रभावित बनेको छ । इटलीमा ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघिसकेको छ ।

स्पेनका अधिकांश सङ्क्रमित मड्रिड शहरमै पाइएका छन् । त्यस्तै क्याटालोनिया र अन्य शहर कोरोनाबाट बढी प्रभावित भएका छन् ।

मड्रिडको सीमा क्यासिलिया–ला मान्चा र क्यासिलिया वाई लियोनमा सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । यी दुई क्षेत्रमा जनसङ्ख्या बाक्लो रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *