भंगहा नगरपालिकाले ल्यायो पौने ५३ करोड बजेट
टुडेपाटी-
महोत्तरी, असार १० गते ।
महोत्तरीको भंगहा नगरपालिकाको अगामी आर्थिक वर्ष २०७८/२०७९ को लागि पौने ३३ करोड बजेट विनियोजन गरेको छ ।
बिहीबार भंगहा नगरपालिकाले आयोजन गरेको नगरसभामा नगरप्रमुख संजिव साहले ५२ करोड ७१ लाख २७ हजार ३३४ रुपैया बजेट प्रस्तुत गरेका हुन् ।
पुजिगत तर्फ २३ करोड ६१ लाख ८१ हजार र चालु तर्फ २७ करोड ५० लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्रथामिकतमा राखिएको छ ।
यस्तै खानेपानी, सौर्य उर्जा एवं बैक्लपिक उर्जा विकास, पर्यटकीय पूर्वाधार विकास, सूचना प्रविधि मैत्री शैक्षिक गुणस्तर सुधार, रोजगारका अवसरको सृजना हुने दिगो, सन्तुलित एवम् समावेशी विकासका अवधारणा समेत बजेटमा प्राथमिकतमा राखिएको नगरप्रमुख साहले बताए ।
नगरपालिका कार्यालयको प्रांगणमा भएको नगरसभामा बोल्दै नगरप्रमुख साहले जनप्रतिनिधिहरु आएको बेलादेखि भंगहा नगरपालिका क्रमशः विकासको दिशामा फड्को मार्दै अघि बढिरहेको बताए ।
Sponsored
प्रायः पालिकाकामा व्यवाक विवाद र विरोधका बिच नगर तथा गाउँसभा गरेको बेला भंगहा नगरपालिकाले भने विपक्षी दल, जनप्रतिनिधि लगायतलाई समेटेर सौहार्दपूर्ण वातावरणमा नगरसभा सम्पन्न गरेको हो ।
अबिर, फुलमाला समेतको प्रयोग नगरी समान्य रुपमा भएको नगरसभामा उपप्रमुख गंगादेवी सिंह दनुवार, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोसी, ९ वटैवडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायत जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।