TodayPati

सम्सी गाउँपालिकाले ल्यायो ३६ करोड बजेट

टुडेपाटी
महोत्तरी, असार १० गते ।

सम्सी गाउपालिकाले ३६ करोड ३ लाख ९८ हजार बजेट सार्वजनिक गरेको छ ।

सम्सी गाउपालिकाका अध्यक्ष शेष फारुकले बजेट प्रस्तुत गरेको बजेटमा कोभिड–१९ को महामा महामारी नियन्त्रण, स्वासथ्य सेवा विस्तार, कृषक लाई कृषिमा आत्म निर्भर, खानेपानी आपूर्तिका कार्यक्रम, पर्यटकीय पूर्वाधार विकास, सूचना प्रविधि मैत्री शैक्षिक गुणस्तर सुधार, रोजगारका अवसरको सृजना हुने दिगो, सन्तुलित एवम् समावेशी विकासका अवधारणा बजेटको प्राथमिकतामा राखिएको छ ।

Sponsored

बिहिबार नगर सभाको उदघाट गर्दै आर्थिक वर्ष २०७८÷७९ का लागि  संघीय सरकारबाट बित्तिय समानिकरण अनुदान ११ करोड तथा राजश्व वाडफाडबाट ६ करोड ९० लाख ०३ हजार, सशर्त अनुदान ११ करोड ३७ लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरन ७५ लाख ७५ हजार तथा सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजश्व वाँड फाड ३० लाख, आन्तरिक श्रोत ३४ लाख २० हजार र गत वर्षको मौजदात अल्या ४ करोड ०७ लाख गरी कूल ३६ करोड ३ लाख ९८ हजार रुपैया  बजेट सार्वजनिक गरेको छ ।

सम्सी गाउँपालिकाका पालिका बासीहरुको जिउ ज्यानको संरक्षण गर्नु गाउँपालिकाको प्रमुख दायित्व रहेको जनाउदै सम्सी गाउपालिकाले कोभिड–१९ को महामा महामारी नियन्त्रण प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *