TodayPati

प्रदेश २ सरकारको बजेटले निजी जग्गामा सार्वजनिक दलान

टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।

धनुषाको विदेह नगरपालिकामा निजि जग्गामा जबरजस्ती संसदीय कोषको रकम प्रयोग गरी सार्वजनिक दलान बनाउन लगाइएको पाइएको छ ।

विदेह नगरपालिका वडा नम्बर ९ स्थित जागीटोलमा निजि जग्गामा प्रदेश २को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संसदीय कोषको रकमबाट सार्वजनिक दलान निर्माण गर्न लागिएको आरोप लगाइएको छ ।

Sponsored

जागीटोलस्थित कित्ता नम्बर ५५मा रहेको आफ्नो घर तोडेर सार्वजनिक दलान बनाउन लागेको आरोप स्थानीय वीरेन्द्र सिंहले आरोप लगाएका छन् । सो जग्गामा मन्त्री यादवको संसदीय कोषको रकमबाट सार्वजनिक दलानका लागि १० लाख रुपैया छुट्याइएको छ ।

कित्ता नम्बर ५५मा रहेको निजि पोखरी वर्षोदेखि भोगचलन गर्दै आएपनि सार्वजनिक पोखरी रहेको भन्दै हड्पन खोजेको र आफ्नो वासस्थानलाई समेत तोडफोड गरेर उक्त दलान निर्माण गर्न लागिएको सिंहले बताए ।

सिंहले कित्ता नम्बर ५५मा रहेको पोखरीको विषयमा विवाद बढ्दै जाँदा सिंहले २०७३ सालमा सोही गाउँका उपेन्द्र यादव, अंजित कुमार यादव, शत्रुधन यादव लगायतका व्यक्तिलाई विपक्षी बनाई मुद्दा समेत दिएका थिए । अदालतले सोही वर्ष पोखरी सहित कित्ता नम्बर ५५मा रहेको जग्गामा कुनै पनि निर्माण कार्य तथा तोड्न नहुने भन्दै निशेधाज्ञा समेत जारी गरेको थियो ।

Sponsored

तर भौतिक पूर्वाधार विकास मन्त्री यादवको संसदीय कोषको रकमबाट आफ्नै निजि जग्गामा सार्वजनिक दलान निर्माण हुन लागेको देखेर फेरी उच्च अदालत जनकपुरलाई फेरी गुहारे । अदालतले फेरी निषेधज्ञा जारी गरेपनिन अदालतको आदेशको अपहेलना गर्दै निर्माण कार्य जारी राखिएको सिंहले आरोप लगाए ।

यता उनले पूर्वाधार विकास कार्यालय जनकपुरधाममा सो रकमको निकासा नगरी दिनका लागि निवेदन समेत बुझाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *