कोरोना भाइरसबाट अमेरिकामा ५० वर्षीय अनिलको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।
कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ। अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङलाई उदृत गर्दै विश्वन्युज डटकमले बताइएको छ ।
पाँचथरको रानीगाउँका घर भएका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएको र उनको स्थानीय समयअनुसार आज बिहानमात्रै उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ । कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
उनी डाइबिटिज र प्रेसरको समस्याबाट ग्रसित थिए ।
Sponsored