‘लक डाउन’को अवज्ञा गर्नेहरुलाई उठबस र भाले सजाय
एजेन्सी, चैत ११ गते ।
कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण रोक्न भारत र पाकिस्तानको विभिन्न ठाउँमा लगाइएको ‘लक डाउन’ उलंघन गर्नेलाई सजाय दिइएको छ ।
पाकिस्तानको कराची शहरमा लकडाउनम नियम पालना नगर्ने मानिसहरुलाई भाले बनाएर सजाय दिइएको छ ।
यस्तै भारतमा दिल्लीसहित मुख्य शहरहरुमा लकडाउनको नियम पालना नगर्नेलाई उठबस गरेर घर फर्किन भनिएको छ ।
भारत र पाकिस्तानले लकडाउन उल्लंघन गर्नेलाई दिएको सजाय यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ। उक्त घटनाको फोटो र भिडियो सार्वजनिक भएका छन् ।
Sponsored