TodayPati

सर्वोच्चको फैसलालाई स्वागत गर्दै नवनियुक्त २० मन्त्री पदमुक्त भएपछि धनुषामा दीपावली

टुडेपाटी-
जनकपुरधाम, असार ९ गते ।

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै धनुषामा दीपावली मनाइएको छ । संघीय सरकारका नवनियुक्त २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चले अन्तरिम आदेश दिएपछि धनुषामा दीप प्रज्वलन गरिएको हो ।

नगराइन नगरपालिकामा नेकपा एमाले माधव नेपाल पक्षीय यूवाहरुले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् । सर्वोच्चको फैसला स्वागतयोग्य रहेकाले दीप प्रज्वलन गरेको माधव नेपाल पक्षका विद्यार्थी नेता आदर्श मण्डलले बताए ।

Sponsored

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले संविधानलाई लत्याउँदै मन्त्रिपरिषद् विस्तार गरेका थिए । सर्वोच्चको फैसलाले संविधानको पालना गर्न पाठ सिकाएको छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *