TodayPati

ओलीले बनाएका जसपाका ११ सहित २० जना मन्त्री पदमुक्त


टुडेपाटी-
काठमाडौं, असार ८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका २० मन्त्री पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले पछिल्लोपटक गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेशसंगै मन्त्रीहरु पदमुक्त भएका हुन् ।

Sponsored

संसद विघटनपछि काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका मन्त्रीलाई तत्काल काम नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

यसविरुद्ध परेका रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले उनीहरुलाई काम नगराउन अन्तरिम आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उनीहरुलाई काम नगराउन आदेश दिएको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *