भारतमा एकैदिन ६८ लाख मानिसलाई कोरोन विरुद्धको खोप लगाइयो
एजेन्सी-
भारत, असार ८ गते ।
भारतमा एकैदिन ८६ लाख १६ हजार व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
पछिल्लो २४ घण्टामा यो संख्यामा कोरोना खोप लगाइएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच सोही अवधिमा भारतमा ४२ हजार ६४० संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भारतमा तीन महिनामा पहिलोपटक ५० हजारभन्दा कम संक्रमित देखिएका हुन् ।
यस्तै सोही अवधिमा भारतमा ८१ हजार व्यक्ति कोरोनामुक्त हुँदा यतिबेला त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ६२ हजारमा झरेको छ।
भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या भने २ करोड ९९ लाख ७७ हजार पुगेको छ। ३ लाख ८९ हजार संक्रमितको मृत्यु भइसक्दा २ करोड ८९ लाख २६ हजार कोरोनामुक्त भएका छन् ।
Sponsored