जनकपुरमा आजदेखि पसल खुल्यो, सवारीसाधन जोरविजोरमा सञ्चालन
टुडेपाटी-
जनकपुरधाम, असार ८ गते ।
जनकपुरमा आजदेखि पसल खुलेको छ । बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खाद्यान्न तथा अति आवश्यक पसल दैनक खुल्ने छ भने निजी सवारीसाधन जोरविजोर प्रणालीमा सञ्चालनमा आएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय धनुषाले परिमार्जित सहित ७ दिन निषेधाज्ञा थप गरेकोे छ । जसमा मापदण्डको पालना गरी दिउँसो ३ बजेसम्म पसल खोल्न पाइने, जोरविजोर प्रणालीमा निजी सवारी साधन चलाउन पाइने छ ।
यस्तै विद्यालयमा भीडभाड नगरी मापदण्डको पालना गरी पालैपालो पुस्तक वितरण गर्न सकिने, सरकारी तथा अर्ध सरकारी कार्यालयहरु मपदण्डको पालना गरी खोल्न पाइने, बैंक तथा वितीय संस्थाहरु नियमित संचलान गर्न उल्लेख छ ।
परिमार्जनसहितको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि अगामी असार १४ गते राति १२ बजेसम्मका लागि जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।
निषेधाज्ञा खुकुलो गरेपनि सैलुन, ब्युटीपार्लर, सिनेमाहल, पार्टी प्यालेस, सभासम्मेलन र सेमिनार लगायत खोल्न पाइने छैन ।
Sponsored
खुकुलो निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइदैन :