TodayPati

नेपालको कोरोना संक्रमण परीक्षण विश्वसनीय छ : डब्लूएचओ

टुडेपाटी-

जनकपुरधाम, चैत ११ गते ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालमा पनि संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण विश्वसनीय रहेको जनाइएको छ ।

Sponsored

डब्ल्यूएचओले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षण प्रक्रिया विश्वसनीय र चिकित्सकहरूले उच्चस्तरीय क्षमता प्रदर्शन गरेको बताए ।

डब्लूएचओले प्रयोगशालाको अध्ययन गर्न माइक्रोबायोलोजिस्ट डा. जोनाथन एस्क्रोफ्टको टोलीलाई खटाएको थियो ।

टोलीले १३ देखि २१ मार्चसम्म प्रयोगशालाको अध्ययन गरी सामान्य सुधारको सिफारिससहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ ।

Sponsored

प्रयोगशालाको अध्ययन पश्चात तयार पारिएको प्रतिवेदनमा कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको रहेको उल्लेख छ ।

साथै उक्त काममा खटिएका जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको उल्लेख गरेको हो ।

प्रयोगशालाले परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने डब्लूएचओले सुझाव दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *