जनकपुरमा भोलिदेखि पसल खुल्ने, सवारीसाधान जोरविजोर प्राणलीमा चल्ने
टुडेपाटी-
जनकपुरधाम, असार ७ गते ।
धनुषामा परिमार्जन सहित एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले परिमार्जित सहितको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सातदिनको लागि थप गर्ने निर्णय गरेको हो ।
भोलिदेखि सैलुन, सिनेमाहल, पार्टी प्यालेस बाहेक सबै सेवाहरु मापदण्डको पालना गरी खोल्न समितिले सिफारिस गरेको छ । निजी सवारीसाधन जोरविजोर प्रणालीमा चलाउन पाइने भएको छ ।
आवश्यक पसलहरु दिउँसो ३ बजेदेखि खोल्न पाइने र जोरगते जोर विजोर गते विजोर सवारीसाधान चलाउन पाइने समितिले निर्णय गरेको छ ।
यस्तै विद्यालयमा भीडभाड नगरी मापदण्डको पालना गरी पालैपालो पुस्तक वितरण गर्न सकिने, सरकारी तथा अर्ध सरकारी कार्यालयहरु मपदण्डको पालना गरी खोल्न पाइने, बैंक तथा वितीय संस्थाहरु नियमित संचलान गर्ने लगायतको सिफारिस समितिले गरेको हो ।
Sponsored