मेलम्चीको बाढीमा हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता
टुडेपाटी-
काठमाडौं, असार ५ गते ।
मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता भएका छन् ।
लेदो मिसिएको बाढीले मेलम्ची बजार तहसनहस भएपनि हेलम्बु क्षेत्रमा भएको क्षतिको विवरण भने आज मात्र सार्वजनिक भएको छ ।
असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म बेपत्ता २३ जनाको सूचि गाउँपालिकाले सार्वजनिक गरेको हो ।
गाउँपालिकाले चार महिलासहित २३ जना बेपत्ता रहेको शनिबार विज्ञप्ति जारी गर्दै बताएको छ ।
बेपत्ता मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना छन्। जसमा तीन भारतीय र तीन चिनियाँ नागरिक छन् ।
Sponsored
गाउँपालिकाले बाढी र पहिरोले पुर्याएको भौतिक क्षतिसमेत सार्वजनिक गरेको छ ।