बाढीपहिरोमा परी पाँच दिनमा १५ जनाले ज्यान गुमाए, ३० जना बेपत्ता
टुडेपाटी-
काठमाडौं, असार ४ गते ।
बाढी पहिरोमा परी पाँच दिनमा १५ जनाले ज्यान गुमाएका छन् । ३० जना बेपत्ता छन् ।
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार बाढीपहिरोबाट ११ जना घाइते भएका छन् । १३२ घरमा पूर्ण क्षति पुगेको छ ।
उनले भने, ‘अहिले पनि हामी तथ्यांक संकलन गरिरहेका छौँ, बाढीका कारण कति धनको क्षति पुग्यो भन्ने तथ्यांक आइसकेको छैन् ।’ यो तथ्यांक गत जेठ ३१ गतेदेखि असार ४ गते बिहान ८ बजेसम्मको हो ।
लगातरको वर्षाले सिन्धुपाल्चोक, मनाङ, कास्की, पर्वत, चितवन लगायतका जिल्लामा धेरै क्षति भएको छ ।
लगातार तीन दिनसम्मको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्याएपछि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक, मनाङ र पर्वतमा भएको छ ।
Sponsored