जसपा उपेन्द्र र बाबुराम पक्ष निर्वाचन आयोगमा
टुडेपाटी-
जनकपुरधाम, असार ४ गते ।
पार्टीको आधिकारिकता दाबी गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष निर्वाचन आयोग पुगेको छ ।
अहिले यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका छन् ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।
Sponsored