TodayPati

कोरोना दिनप्रतिदिन खतरनाक बन्दै, २४ घण्टामा १८ सय ६० जनाले गुमाए ज्यान

टुडेपाटी-
जनकपुरधाम,चैत ११ गते ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

कोरोना संक्रमणबाट गएको चौबीस घन्टामा विश्वभर १८ सय ६० जनाले ज्यान गुमाएका छन् ।

Sponsored

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय १० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो मंगलबार बिहान सवा सात बजेसम्मको तथ्यांक हो ।

कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा ६ सय १ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ । त्यहाँ ६३ हजार ९ सय ९७ जना संक्रमित उपचारको क्रममा छन् ।

Sponsored

अहिलेसम्म विश्वका १९४ देशमा कोरोना संक्रमण फैलिइसकेको छ । विश्वका ३ लाख ७८ हजार ८ सय ४२ जनामा यसको संक्रमण पुष्टी भएको छ। १ लाख दुई हजार ६२ जना भने उपचार पछि निको भएका छन्।

गएको २४ घन्टामा स्पेनमा ५३९, अमेरिकामा १३९, इरानमा १२७, फ्रान्समा १८६, युकेमा ५४, नेदरल्याण्डमा ३४, स्वीटजरल्यान्डमा २२, इन्डोनेसियामा १, भारतमा ३ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १० पुगेको छ । त्यहाँ ४ सय ९९ जनामा संक्रमण देखिएको छ । नेपालमा पनि २ जना कोरोनाबाट संक्रमित र एकजना निको भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *