TodayPati

नेपाली काँग्रेसका नेताहरु संविधानको मूल मर्म विपरीत : नेता प्याकुरेल

शुभ नारायण यादव-
सप्तरी, असार ३ गते।

राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले नेपाली काँग्रेसका नेताहरु संविधानको मूल मर्म विपरित कार्य गरिरहेको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा अाज प्रेस चौतारी नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् ।

Sponsored

‘समर्थन र विरोध दलले गर्छ, दलको वैधानिक निर्णयबाट गरिन्छ तर दल एकातिर अर्थात दलको बहुसंख्या दुई तिहाईतिरभन्दा बढी दल एकातिर र दल भित्रका केही असन्तुष्ट व्यक्तिहरुलाई व्यक्तिगत रुपमा लिने अर्कोतिर यो दलिय व्यवस्था हुदैन’ उनले भने –‘त्यसरी अर्का दलबाट मान्छे चोर्ने दलिय व्यवस्थालाई नेपालको संवैधानिक रुपले पनि त्यसलाई मान्यता दिएको छैन् ।’

यद्यपी, नेपाली काँग्रेसका नेताहरु सो कार्य गरिरहेको उनले आरोप लगाए ।
नेता प्याकुरेलले नेपाली काँग्रेसलाई सोझै प्रतिष्पर्धा गर्ने हिम्मतसम्म नरहेको टिप्पणी गरे ।

‘आफ्नो पार्टीसँग काँग्रेसलाई सोधै प्रतिष्पर्धा गर्ने हिम्मत छैन, सरकार फेर्न समर्थन फिर्ता लिने हिम्मत पनि गर्न नसक्ने र लोकतन्त्र तथा संविधानको ठुल–ठुला गफ दिएर आफैं संविधान विपरित कार्य गर्ने ?’ उनले भने ‘काँग्रेससँग दम छैन भन्ने कुरा स्पष्ट छ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *