TodayPati

रंगभेदी हर्कत गर्ने कथित समाजिक अभियन्ताको धम्कीपछि असई झाको सरुवा

टुडेपाटी-
जनकपुरधाम, असार २ गते ।

महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झाको सरुवा भएको छ । आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको टोलीले प्रहरी कार्यालयभित्रै पुगेर जसरी पनि सरुवा गर्ने धम्की दिएका ट्राफिक प्रहरीका सहायक निरीक्षक (असई) झाको साँच्चै सरुवा भएको हो ।

असई झालाई महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)मा सरुवा भएको हो ।
झाको काज सरुवा भएको प्रहरी स्रोतले पुष्टि गरेको छ । उनलाई नियमित सरुवा अन्तर्गत सरुवा गरेको एक प्रहरी अधिकारीले भनेपनि ६ महिना अघि मात्र असई झाको प्रहरी वृत्त महाराजगञ्जमा पोस्टिंग भएको थियो ।

Sponsored

कथित समाजिक अभियन्ता संग्रौलाको टोलीले गत जेठ ११ गते असई झालाई त्यहाँबाट जसरी पनि सरुवा गराउने धम्की दिएको थियो ।
प्रहरी वृतमै पुगेर संग्रौलाको टोलिले असई झालाई ‘मधेशी भए मधेशतिरै जाउ भनेर रंगभेदी हर्कत गरेको थियो भने जसरी पनि सरुवा गराइदिने धम्की दिएको थियो ।

उनलाई रंगभेदी हर्कत गरी अपमान गरेको भिडियो समाजिक संजालमा भाइरल भएपछि घटना सार्वजनकि भएको थियो । उक्त घबटनाको चौतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित समाचार

Sponsored

सामाजिक अभियन्ताको रंगभेदी हर्कत : मधेशी प्रहरीलाई ‘मधेशतिर जाउ’ भनेपछि…

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *