सिन्धुपाल्चोकमा बाढीको कहर : चारजना बेपत्ता, घरहरु डुवानमा
टुडेपाटी-
सिन्धुपालचोक, असार २ गते ।
सिन्धुपाल्चोकमा अविरल वर्षासंगै आएको बाढीले बितण्डा मच्चाएको छ । बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका धेरै घरहरु डुबानमा परेका छन् ।
बाढीमा अहिलेसम्म चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपालचौकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
तर, स्थानीयले भने धेरै मानिसहरु सम्पर्कमा नआएको बताएका छन् ।
बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।
त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।
बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पु¥याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।
Sponsored