प्रदेश २ मा कोरोना रोकथाम तथा उपचारका लागि २० करोड रुपैयाँ विनियोजन
टुडेपाटी-
जनकपुरधाम, असार १ गते ।
प्रदेश २ सरकारले कोरोना रोकथाम तथा उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमानसहितको बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरेका छन् ।
औषधि उपचार, अक्सिजन सिलिन्डर, रेमडिसिभर, रिएजेन्टसहितका सामग्री खरिदका लागि उक्त रकम छुट्ट्याइएको मन्त्री यादवले बताए ।
त्यसैगरी विभिन्न अस्पतालमा मेसिन खरिदका लागि थप रकम छुट्ट्याइएको छ ।
त्यसबाहेक मिर्गौलाका बिरामीहरूका लागि ३५ थान डाइलाइसिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
Sponsored
कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइने मन्त्री यादवले जानकारी दिए ।