प्रदेश २ लगायत यी स्थानहरुमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
टुडेपाटी-
जनकपुरधाम, असार १ गते ।
मंगलबार प्रदेश २ लगायत देशका विभिन्न स्थानमा भारी वर्ष हुने सम्भावना छ । प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मंगलबार भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश न. २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षा भईरहेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने मंगलबार बिहान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार मंगलबार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मंगलबार बिहान देशभर सामान्यको मौसम बदली रहेको छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ ।
दिउँसो पनि देशभर मौसम बदली रहनेछ । अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।
Sponsored
मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।