धनुषामा एक साता निषेधाज्ञा थपियो, बिहान ११ बजेसम्म पसल खुल्ने
टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।
कोरोना संक्रमणका कारण धनुषामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय भएको छ ।
सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको पछिल्लो अवस्थबारे समिक्षा गर्दै समितिले निषेधाज्ञा पाँचौ पटक थप गरेको छ ।
यसअघि जेठ १७ गते एक साता निषेधाज्ञाको म्याद थप गरिएको थियो ।
समितिको बैठकले बिहान ११ बजे सम्म पसल्हरु खोल्न पाइने निर्णय पनि गरेको छ ।
Sponsored
अतिआवश्यक प्रयोजनका पसलहरु ११ बजेसम्म खोल्न सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।
त्यस्तै बैंक तथा बित्तीय संस्थाहरुमा भने ५० प्रतशित कर्मचारी उपस्थित भई सेवा सुचारु गर्न सक्ने निर्णयसमेत बैठकबाट भएको छ ।