प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
टुडेपाटी-
जनकपुरधाम, जेठ ३० गते ।
प्रदेश २ सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा छलफल पश्चात् नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।
नीति तथा कार्यक्रम बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुलेको छ । योसँगै सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।
नीति तथा कार्यक्रममाथि भएको छलफलको क्रममा केहि सांसदहरुले संशोधनको प्रस्ताव पेस गरेका थिए । सो संशोधनको प्रस्ताव फिर्ता लिएसंगै सर्वसम्मतले नीति तथा कार्यक्रम पारित भएको हो ।
Sponsored