प्रदेह २ सरकारमा महिला मन्त्री नबनाएकोप्रति प्रदेश सांसद यादवाको आक्रोश
टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।
प्रदेश २ मा महिला मन्त्री नबनाएको भन्दै नेकपा एमालेकी प्रदेश सांसद मञ्जु यादवलेले आक्रोश व्यक्त गरेकी छन् ।
शनिबार बसेको प्रदेसभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रदेश सांसद यादवले ५० प्रतिशत आरक्षणको घोषणा गर्ने प्रदेशमा महिलालाई मन्त्री नबानाउनु दुखद रहेको बताइन् ।
‘महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा महिलालाई नै पछाडि पार्न खोजिएको छ । के यो प्रदेश सभामा महिला छैनन् ?’ प्रश्न गर्दै उनले भनिन् ‘सक्षम महिलाहरू यहाँ हुनुहुन्न ? आज महिला सांसदलाई मन्त्री पदबाट वञ्चित कुन नीतिको आधारले गर्नुभो ?’
सांसद यादवले सत्तापक्ष र प्रतिपक्षले महिलालाई बाइकट गरेर चल्न नमिल्ने बताउँदै दलित सशक्तीकरण भनेर ५० प्रतिशत महिलाको कोटा सुरक्षित गरिएको कुरा कागजमै सीमित रहेकोप्रति दुःख व्यक्त गरिन् ।
उनले प्रश्न गर्दै भनिन्,‘हामी कहिलेसम्म मुख बाँधेर बस्ने ? के मधेशका महिलाहरु गुलामी गर्नका निम्ति राजनीतिमा आएका हुन् ? यही दिन हेर्नलाई हामी महिलाहरु मधेश आन्दोलनको समयमा सडकमा गएका थियौं ?’
सांसद यादवले पुरुष सांसदप्रति लक्षित गर्दै भनिन्,‘तपाईंहरुलाई थोरै पनि लाज लाग्दैन, तपाईंहरूले छुट्नै नहुने महिलाहरू नभए पनि हुने ? यो अवस्थाले हामी जनतामा के मुख लिएर जाने ?