TodayPati

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँचजना बालिकाको मृत्यु भएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो ।

Sponsored

दिउँसो १२ बजेको समयमा घर नजिककौ नुहाउन गएको बेला उनीहरुको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *