TodayPati

अख्तियारबाट उन्मुक्ति पाएर आउन लागेका बटेश्वर गापा अध्यलाई निषेध गरिने, संघर्ष समित गठन

टुडेपाटी-
जनकपुरधाम,जेठ २८ गते ।

अख्तियारबाट उन्मुक्ति पाएर कार्यालयमा हाजिर हुन लागेका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई निषेध गर्न संघर्ष समिति गठन भएको छ ।

शुक्रबार बिहान बसेको बटेश्वरका नेकपा मअोवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस लगायतको सर्वदलीय बैठकबाट १०१ सदस्य संघर्ष समिति गठन गरिएको छ ।

Sponsored

संघर्ष समितिले अाउन लागेका गाउँपालिका अध्यक्ष राउतलाई निषेध गर्ने र विरुद्धमा लाठी जुलुस प्रदर्शन गर्ने निर्णय भएको जसपाका युवा नेता अजय राउतले जानकारी दिए ।

अख्तियारले पछ्याएपछि ८ लाख घुस फालेर फरार गापा अध्यक्ष राउत अख्तियारबाट उन्मुक्ति पाएर शुक्रबार गाउँपालिका अाउन लागेका हुन् । उनलाई काठमाडौंबाट ल्याउन बिहीबार साँझ बटेश्वरबाट एक स्कारपिअो गाडी गएको छ ।

बटेश्वर गाउँपालिका नेकपा एमाले अोली पक्षले बिहीबार बैठक बसी अध्यक्ष राउतलाई सहज अवतर गराउने र स्वागत गर्ने निर्णय गरेको थियो ।

Sponsored

गएको फागुन १७ गते अख्तियार दुरुपयोेग अनुसन्धा आयोग केन्द्रिय कार्यालय टंगालको टोलिले सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुसरकम फालेर भागेका थिए ।

गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख सुक्जोर खोलाको किनारबाट बरामद गरेको थियो ।

चालकलाई फेरि हाजिर हुने सर्तमा छाडेको थियो । गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए ।

पछिल्लो समय माधव कित्ताबाट अोली पक्षमा लागेका अध्यक्ष राउत सरकारको सहयोगमा अख्तियार उन्मुक्ति पाएको बुझिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *