८ लाख घुस फालेर फरार बटेश्वर गापा अध्यक्ष राउत गाउँ फर्किदैँ, स्वागतको तयारी
टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।
आठ लाख घुस रकम फालेर विगत तीन महिनादेखि फरार बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत कार्यालयमा हाजिर हुने भएका छन् । अख्तियारको कानुनी डण्डाबाट उम्केर गाउँपालिका कार्यालय आउन अध्यक्ष राउतले चाजोबाजो मिलाएको विश्वसनीय स्रोतले बताएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक जनप्रतिनिधिले भने ‘शुक्रबार अध्यक्षजी बटेश्वर गाउँपालिका आउँने कार्यक्रम तय भएको छ । शनिबार शिवशक्ति माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन उहाँले नै गर्ने तयारी छ । अध्यक्ष राउतले अख्तियारको केस रफादफा गरेर सफाइ पत्र लिइसकेको भन्ने गर्नुभएको छ ।’
अध्यक्ष राउतलाई लिन गाउँबाट एक स्कारपिओ बिहीबार नै काठमाडौं प्रस्थान गरेको ती जनप्रतिनिधिले बताए ।
भोलि शुक्रबार घर आउन उनले आफुलाई काठमाडौंबाट रिसिभ गर्न कार्यालयको गाडी पठाउन कर्मचारी तथा केहि जनप्रतिनिधिलाई निर्देशन दिएका थिए । तर गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादवले कुनैपनि हालतमा गाडी नपठाउने अडान लिएका छन् । जनतप्रतिनिधिहरुले पनि खासै चाँसो देखाए नन् ।
निमित प्रशासकीय अधिकृत यादवले आफुलाई गाडी पठाइदिने विषयमा अरु जनप्रतिनिधि मार्फत जानकारी आएको स्वीकार गरे ।
‘मलाई औपचारिक रुपमा केहि पनि थाहा छैन । अन्य जनप्रतिनिधि मार्फत गाडी पठाइदिने जानकारी आएको छ । तर मैले भनदिए गाडी पठाउँदिन ।’ उनले टुडेपाटीसंग भने ।
प्रशासकीय अधिकृत यादवले अध्यक्ष आउने विषयमा आफुलाई केहि जानकारी नभएको र आउने चर्चा अरुबाबट मात्र सुन्ने गरेको प्रतिक्रिया दिए । ‘घटनाको बेलादेखि उहाँसंग मेरो कुनै कुराकानी भएको छेन । आउँने विषयमा केहि दिनदेखि गाइँगुई सुन्दैछु । मलाई अरु केहि थाहा छैन’ उनले भने ।
Sponsored
अध्यक्ष राउतले आफुलाई ल्याउन गाडी नपठाए र आउन सहयोग नगरे समय आए तह लगाउने धम्की समेत दिने गरेको स्रोतको दावी छ । अध्यक्ष राउतले दुई महिना यता फोनबाटै आफ्ना पक्षका नेता कार्यकर्ता, कर्मचारी लगायत आफ्ना नजिक र विश्वसनीय जनप्रतिनिधिसंग निरन्तर फोन सम्पर्कमा छन् ।
यधपि आफुहरुसंग कहिल्यै कुरा नभएको र आउने नआउने विषयमा थहा नभएको भन्दै जनप्रतिनिधिदेखि कर्मचारीहरुको दावी छ ।
गाउँपालिकाले गाडी नपठाएपछि उनले एक निजी गाडीबाट आउन काठमाडौं गाडी बोलाएका छन् । एक स्कारपिओ बिहीबार साँझ बटेश्वरबाट उनलाई लिन प्रस्थान गरेको छ ।
अध्यक्ष राउतले आफुलाई आउन सहयोग नगरे समय आए तह लगाउने धम्की समेत दिने गरेको स्रोतको दावी छ । अध्यक्ष राउतले दुई महिना यता फोनबाटै आफ्ना पक्षका नेता कार्यकर्ता, कर्मचारी लगायत आफ्ना नजिक र विश्वसनीय जनप्रतिनिधिसंग निरन्तर फोन सम्पर्कमा छन् ।
यधपि आफुहरुसंग कहिल्यै कुरा नभएको र आउने नआउने विषयमा थहा नभएको भन्दै जनप्रतिनिधिदेखि कर्मचारीहरुको दावी छ ।
‘घटनाको बेलादेखि अहिलेसम्म उहाँसंग कुराकानी भएको छैन । तर उहाँ आउने कुरा मैले पनि अरुबाट नै सुन्ने गरेको छु ।’ उपाध्यक्ष महतोले टुडेपाटीसंग भनिन् । तर उनीसंग नियमित सम्पर्कमा अध्यक्ष राउत रहेको एमालेकै एक नेताले दावी गरे ।
गएको फागुन १७ गते अख्तियार दुरुपयोेग अनुसन्धा आयोग केन्द्रिय कार्यालय टंगालको टोलिले सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुसरकम फालेर भागेका थिए । गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख सुक्जोर खोलाको किनारबाट बरामद गरेको थियो ।
चालकलाई फेरि हाजिर हुने सर्तमा छाडेको थियो । गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए ।
अध्यक्ष राउतलाई स्वागत गर्न एमालेको बैठक
अध्यक्ष राउतलाई सौहार्द वातावरणमा गाउँपालिकामा सेफल्याण्डिङ् गराउने विषयमा नेकपा एमाले ओली पक्षको बैठक समेत बिहीबार सम्पन्न भएको छ । बटेश्वर गाउँपालिका कार्यालयको छेउमा रहेको बटेश्वरनाथ महादेव स्थानमा दिउँसो भएको ओली पक्षको बैठकले उनलाई स्वागत गर्ने तयारीको विषयमा छलफल भएको बुझिएको छ ।
बैठकसम्पन्न भएपनि बैठकमा शुक्रबार बाटो निरीक्षणमा आउने एमाले नेता तथा उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठको स्वागतको कार्यक्रमको विषयमा मात्र छलफल भएको एमालेका स्थानीय युवा नेता सुनिल साहले बताए ।
‘आज हाम्रो पार्टीको गाउँपालिका स्तरीय बैठक थियो । तर त्यसमा भोलि आउनुहुने उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुवीर महासेठको स्वागत विषयमा मात्र छलफल भएको छ ’ उनले टुडेपाटीसंग भने ‘अध्यक्ष राउतको विषयमा कुनै चर्चा नै भएन’
यधपि अध्यक्ष आउने विषयमा मआइसकेपछि कुरा भएको हो वा होइन भने आफुलाई थाहा नभएको साहको भनाइ छ । उनले अध्यक्ष राउत आउने विषयमा चर्चा आफुले पनि सुनेको बताए ।
सुरमा एमाले माधव नेपाल पक्षमा लागेका अध्यक्ष राउत आफुले गरेको भ्रष्टाचार, अनियमितता र अख्तियारमा परेको उजुरीबाट बच्न पछिल्लो समय ओली पक्षमा लागेका छन् । प्रधानमन्त्री ओलीकै पक्षमा लागेकाले सरकारको सहयोग पाएर राउतले अख्तियारको कानुनी डण्डाबाट उम्केको हुन सक्ने आकलन गरिएको छ ।
फरारी अध्यक्ष राउतलाई सुरक्षित गाउँपालिकामा अवतरण गराउन काँग्रेसका पनि केहि नेताकार्यकर्ता सक्रिय भएका छन् । अध्यक्ष राउतले दुईमहिनादेखि आफ्ना पक्षका नेताकार्यकर्तालाई आफु आउने वातावरण बनाउन भनिरहेका छन् । त्यसका लागि खानपीनको लागि आफ्ना निकट कार्यकर्ता, काँग्रेसका केहि स्थानीय नेतालाई पैसा पठाउने पनि गरिएको स्रोतको दावी छ ।