TodayPati

नवनियुक्त केन्द्रीय मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

टुडेपाटी-

काठमाडौं, जेठ २७ गते ।

नवनियुक्त ७ जना संघीय मन्त्री र एकजना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Sponsored

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एकजना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

कसले कुन मन्त्रालय पाए ?

Sponsored

नवनियुक्त मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश पहाडी, नारदमुनि राना, राजकिशोर यादव छन् ।  आशा विकले राज्यमन्त्री शपथ लिएका हुन् । 

खगराजलाई गृह मन्त्रालय, पहाडीलाई सामान्य प्रशासन, नैनकलालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारीलाई कृषि, नारदमुनिलाई वन, बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजकिशोरलाई उद्योग तथा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले नै राखेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *