प्रधानमन्त्री ओलीले गरे मन्त्री परिषद विस्तार, राजकिशोर उद्योग र ज्वाला कृषि मन्त्री
टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् विस्तार गरेका छन् । एक राज्यमन्त्रीसहित ८ मन्त्रीलाई बिहीबार उनले नियुक्त गरेका छन् । योसंगै ओली सकरारको मन्त्री मण्डल २५ सदस्य पुगेको छ ।
सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री र जसपाको महन्थ ठाकुर पक्षबाट एक मन्त्री उनले नियुक्त गरेका हुन् । यो संगै मन्त्री मण्डलले पूर्णता पाएको छ ।
गृहमन्त्रीमा खगराज अधिकारी, रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री, नादरमुनी राना वनमन्त्री, गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।
यस्तै प्रदेश २ मा माओवादी केन्द्रको कारबाहीमा प्रदेश सांसद पद गुमाएकी ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन्, जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका हुन् । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।
Sponsored