TodayPati

बिहार सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या अध्यावधिक गर्दा भारतमा एकैदिन ६ हजार बढीको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, जेठ २७ गते ।

भारतमा कोभिड–१९ का कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको ज्यान गएको छ ।

Sponsored

बिहार सरकारले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरेका कारण आँकडा बढेको हो । बिहारमा कोभिड–१९ का कारण जुन ९ सम्म ९ हजार ४२९ जनाको ज्यान गएको छ ।

९ जुनसम्म यो आँकडा ५ हजार ४७८ थियो, त्यसमा ३ हजार ९५१ अध्यावधिक गरिएको हो । सोही कारण पछिल्लो २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै पुगेको दाबी गरिएको छ ।

भारतमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Sponsored

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *