TodayPati

प्रदेश २ मा सांसद पद गुमाएकी ज्वाला साह ओली सरकारमा मन्त्री बन्दै

टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।

नेकपा माओवादी केन्द्रको कारबाहीमा प्रदेश सांसद पद गुमाएकी ज्वाला कुमारी साह कृषि मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार थप्न लागेको ८ जना मन्त्रीमा साहको नाम पनि समावेश गरिएको श्रोतले जनाएको छ ।

साह नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रत्यक्ष सांसद दिथइन् । सर्वोच्च अदालतको आदेशमा नेकपा एमाले र माओवादी केन्द्र पूर्वकै अवस्थामा फर्केपछि साह ओली पक्षमा खुलेर लागेकी थिइन् । त्यसपछि माओवादी केन्द्रले साह लगायत चारजना पैदेश सांसदलाई पार्टीबाट निष्काशन गरी कारबाही गरेको थियो । माआवादीकै पत्राचारले चारैजना सांसदको पद गुमेको थियो ।

Sponsored

साह कुनै पनि हालतमा माओवादीमा नफर्किने र ओलीलाई नै साथदिने प्रतिक्रिया दिँदै आएकी थिइन् । पद गुमाएपछि उनलाई सान्तवना स्वरुप ओलीले मन्त्री बनाउन लागेको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *