काँग्रेसबाट प्रदेश २ सरकारमा सहभागि तीन मन्त्रीले खाए सपथ
टुडेपाटी-
जनकपुरधाम, जेठ २६ गते ।
प्रदेश २ सरकारमा काँग्रेसबाट नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्र्मा र महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले पद तथा गोपिनियताको सपथ लिएका हुन् ।
तीनैजनालाई प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । मधेश भवनमा अबेर राति भएको सपथ ग्रहण समारोहमा सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लाबाबु राउत लगायत मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।
अब योसंगै लालबाबु सरकारमा एक मुख्यमन्त्री, ८ मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्री मण्डलको संख्या १२ पुगेको छ । काँग्रेसलाई दिएको तीन मन्त्रालयमा राज्यमन्त्री खाली छ भने अन्य दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री खाली छ । सबै पदपुर्ति भएको खण्डमा मन्त्री मण्डलको संख्या २१ पुग्ने छ ।
प्रदेश सरकारले काँग्रेस र माओवादीलाई सरकारमा सहभागि गराउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाएको छ । भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय फुटाएको छ । माओवादीलाई एक मात्र मन्त्रालय दिने भनेपछि सरकारमा जान अस्वीकर गरेको छ ।
Sponsored