माओवादी प्रदेश सरकारमा नगएपनि समर्थन रहन्छ : सांसद दिलीप साह
टुडेपापटी-
जनकपुरधाम, जेठ २६ गते ।
मन्त्रालयको भागवण्डा नमिल्दा नेकपा माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी नहुने भएको छ । तर समर्थन भने सरकारलाई नै रहने माओवादी केन्द्रका सांसद दिलीप साहले टुडेपाटीलाई जानकारी दिए ।
‘हामीले दुई मन्त्रालमा माग्यौं । तर सरकार एउटा मात्र दिन तयार भयो । त्यसैले माओवादी केन्द्र सरकारमा जाँदैन’ उनले टुडेपाटीसंग भने ‘सरकारसंग फेरि बार्ता छलफल हुन्छ । कुरा मिल्यो भने माओवादी सरकारमा जन्छ । नगएपनि समर्थन लालबाबु राउतकै सरकारलाई रहन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा केन्द्रमा भएको पाँचदलको गठबन्धन अनुसार सरकारलाई माओवादीले समर्थन गर्ने उनको भनाइ छ ।
‘हामी सरकारमा नगएपनि केन्द्रको गठबन्धन अनुसार समर्थन सरकारलाई नै रहन्छ ।’ उनले भने ।