प्रदेश २ सरकार र माओवादी बिच मन्त्रालय भागवण्डामा जुटेन सहमति
टुडेपाटी-
जनकपुरधाम, जेठ २६ गते ।
प्रदेश सरकार र नेकपा माओवादी केन्द्रबिच मन्त्रालय भागवण्डाको विषयमा भएको बार्ता निष्कर्श विहीन बनेको छ । माओवादी केन्द्रले दुई मन्त्रालय दावी गरेपनि सरकारले मात्र एउटा मात्र मन्त्रालय दिने अडान लिएपछि बार्ता निष्कर्श विहीन बनेको हो ।
मन्त्रालयको भागवण्डाको कुरा नमिल्दा माओवादी आज सरकारमा सहभागि नहुने भएको छ । मुख्यमन्त्री लालबाबु राउत र माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहबिच बार्ता भएको थियो । माओवादी प्रदेश सांसद दिलीप साहका अनुसार सरकारले वाणिज्य तथा वातावरण मन्त्रालय मात्र दिन सहमत भएको छ । तर माओवादीले सरकारसंग बाँकी रहेको कानुन नथा प्रदेशसभा मामिला मन्त्रालय सिन दिनुपर्ने अडान राखेपछि बार्ता निष्कर्श विहीन बनेको उनले बताए ।
काँग्रेससंगै माओवादी केन्द्रलाई समेत सरकारमा सहभागि गराउने गरी सरकारले तयारी गरेको थियो । यधपि अब अहिले काँग्रेसबाट नियुक्त भएका तीन मन्त्रीलाई पद तथा गोपनियताको सपथ मधेश भवनमा गराउन लागिएको छ ।