TodayPati

प्रदेश २ मा नयाँ सत्ता समीकरणका लागि माओवादीबाट यी नेताहरु बन्दैछन् मन्त्री

टुडेपाटी-
जनकपुरधाम, जेठ २६ गते ।

नयाँ सत्ता सहकार्यको लागि प्रदेश २ मा नेकपा माओवादी केन्द्र समेत सरकारमा सहभागी हुने निश्चित भएको छ ।

मुख्यमन्त्री लालबाबु राउत र माओवादी संसदीय दलका नेता भारतप्रसाद साहबीच दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति भएको हो ।

Sponsored

माओवादीलाई आपूर्ति वाणिज्य तथा वातावरण र कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय दिने सहमति भएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ । ।

यद्यपि सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी रहेको माओवादीका प्रमुख सचेतक दिलीप साहले जानकारी दिए । केहीबेरमै निर्णायक छलफलपछि हस्ताक्षर हुने उनले बताए ।

संसदीय दलका नेता साहको नेतृत्वमा माओवादी मन्त्रिपरिषद्‍मा सहभागी हुने बताइएको छ । उनलाई आपूर्ति वाणिज्य तथा वातावरण र दिलीप साह वा रामकुमार यादवमध्ये एकजनालाई कानुन मन्त्रालय दिइने बताइएको छ । माओवादीबाट रुवी साह पनि मन्त्री बन्ने सम्भावना रहेको छ । उनीहरूको पनि आजै शपथ हुने बताइएको छ ।

Sponsored

यसअघि ६ मन्त्रालय रहेको प्रदेश २ मा मन्त्रायल टुक्राएर १० पुर्‍याइएको छ । कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय फुटाएका छन् । 

यसअघि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *