तीन मन्त्रालयसहित प्रदेश २ सरकारमा सहभागी हुँदै काँग्रेस, साँझ सपथ
टुडेपाटी–
जनकपुरधाम, जेठ २६ गते ।
नेपाली काँग्रेस अाजै प्रदेश २ सरकारमा सहभागी हुन लागेको छ ।
काँग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ३ मन्त्रालयसहित सहभागी हुन लागेको हो ।
बुधबार मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सरकारमा जाने सहमति भएको हो । यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको हो।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण साँझ ७:३० बजे तय भएको छ ।
Sponsored
सरकारमा सहभागी गराउन सरकार र काँग्रेस बिच निरन्तर बार्ता तथा छलफल हुँदै अाएको थियो ।
काँग्रेस र माअोवादीलाई सरकारमा ल्याउन सरकारले ५ मन्त्रालयलाई टुक्याएर १० वटा बनाएको छ ।