रौतहटबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ
टुडेपाटी-
रौतहट, जेठ २६ गते ।
रौतहट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको हो ।
बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पुर्याउन आएको प्रहरीलाई बयान दिएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored