प्रदेश २ सरकारले ६ मन्त्रालयलाई बनायो १० वटा
टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।
प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्यान १० वटा मन्त्रालय बनाएको हो ।
मंगलबार साँझ बसेको बैठकले १० वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।
पहिले देखि नै केहि मन्त्रालय टुक्र्याएर १० वटा बनाउने योजना अनुसार नै निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए ।
प्रदेश सरकारले जसपा अध्यक्ष महन्त ठाकुर पक्षलाई हटाएपछि विपक्षी काँग्रेस र माओवादी केन्द्रलाई सहभागि गराउन निरन्तर बार्ता र छलफल गरिरहेको छ । तर मन्त्रालय फुटाएर १० वटा नपुर्याउँदा निष्कर्शमा पुग्न सकेको थिएन ।
भोलि पुनः दुबै दलबिच सरकारको छलफल तथा बार्ता हुने नेताहरुले बताएका छन् । मन्त्रालयको बाँडफाँडको टुंगो लागे मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषद पुनरगठन तथा विस्तार गर्ने तयारी छ । यधपि यसमा अझै १।२ दिन लाग्न सक्ने सत्ता र विपक्षी दलका नेताहरुले बताएका छन् ।
Sponsored
स्रोतका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्¥याएर दुई–दुई वटा बनाइएको छ ।
तीन मन्त्रालय काँग्रेस र दुई मन्त्रालय दिने गरी सत्तामा साँझेदारी गराउने सरकारको तयारी छ ।
याे देश नेताहरुले आफ्नाे पैत्रिक सम्पति बुझेछ, त्यसैले सम्पतिलाई अंशबण्डा गर्न मन्त्रालयलाई टुक्रा टुक्रा गरेर किता छुट्याई सबै अंशियारहरुलाई दिदै छ । सबै मिलेर देश र राज्य लुटेपछि लुटेराकाे सगंठन बलियाे हुन्छ ।