TodayPati

प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलको अवरोधपछि स्थगित

टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।

प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलको अवरोधपछि स्थगित भएको छ । प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ पालिकाहरूमा अन्तिम समयमा सशर्त अनुदान पठाएको भन्दै विपक्षी दलले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरूले माग गरेका थिए ।

Sponsored

सभामुख सरोजकुमार यादवले जवाफ दिन रुलिङ गरेका थिए । तर, विपक्षी दलका सांसदहरूले मुख्यमन्त्री तत्काल उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेपछि सभामुख यादवले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

सोमबारदेखि सुरू भएको छैटौं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुँदैछ । प्रदेशसभामा जेठ २७ गते नीति तथा कार्यक्रम र असार १ गते बजेट प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *