भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।
भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
चट्याङ लागेर धेरै मानिसहरु घाइते समेत भएको सरकारी अधिकारीहरु बताएको बीबीसी हिन्दीले जनाएको छ ।