TodayPati

म के देख्छु ? (कविता)

कार्यालयको लागि घरबाट निस्किन्छु,
सुनसान सडक देख्छु ।
औषधीको पसलको सटर मात्रै खुला देख्छु ।
हरेक औषधीको पसलमा भिड देख्छु ।
फ्याट–फुट्ट स्कुटर, मोटर साइकल हतारमा कुदाएको देख्छु ।
चौक–चौकमा टंटलापुर घाममा उभिएर डियूटीमा खटिएको प्रहरी देखछु ।

अफिसमा पुग्छु ।
साबुनपानिले हात धुन्छु ।
झ्यालबाट पर्दा हटाइ झ्याल खोल्छु ।
कुर्सीमा बस्छु, अनि के देख्छु ?
लस्करै लागेर बसेको बिरामी बोक्न आतुर एम्बुलेन्स देख्छु ।
पिपिई लगाएर पसिनाले भिजेको चालकलाई देख्छु ।
अक्सिजन बोकेर ओहर–दोहर गरिरहेको ट्रक देख्छु ।
अक्सिजन आइपुग्दा कुरुवाहरुको मुहारमा उज्यालो देख्छु ।
ट्रक लिएर आएको चालक ह्यासफ्यास गर्दै गर्मी छल्न पानी खाइरहेको देख्छु ।

Sponsored

आफ्नो ज्यानको प्रवाह नगरी, दिनरात खटिरहेका स्वास्थयकर्मीको ओहोर दोहर देख्छु ।
पसिनाले रगत झै लतपत शरिरमा उनिहरुको आँखा मात्रै देख्छु ।
त्यस आँखामा निरोगी बिहानीको आशा देख्छु ।
फोहर व्यबस्थापन गरिरहेका स्विपर तथा सरसफाईकर्मी साथीहरुलाई देख्छु ।
नेपाली सेनाको गाडीमा पीपीई लगाई तैयारी अवस्थामा बसिरहेको सुरक्षाकर्मीहरुलाई देख्छु ।

निको भएर घर जाँदै गरेको बिरामी देख्छु ।
बिरामी लगायत कुरुवाको अनुहारमा मुस्कान देख्छु ।
बिरामीले स्वास्थ्यकर्मीहरुलाई दिइरहेको आशिष देख्छु ।
स्वास्थयकर्मीको उर्जा र आत्मबल बढेको देख्छु ।

स्वास्थ्यकर्मीको अथक प्रयास बाबजुद बिरामीको मृत्यु देख्छु ।
मृतकको आफन्तको आँखाबाट बगिरहेको आँशुको धारा देख्छु ।
एकआपसमा साहनभुती दिरहेको देख्छु ।
स्वास्थ्यकर्मीको मुहारमा अफसोसका फोहरा देख्छु ।

Sponsored

मृतकको लाश बाहिर निकालेको देख्छु ।
सेनाले नचिनिने गरी पीपीई लगाइ लास बेरिरहेको देख्छु ।
आफन्त शोकमा लास अन्तिम पटक हेरेर रुदँै गरेको देख्छु ।
लास बोकेको गाडी बिस्तारै अँखाबाट ओझेल हुदै गईरहेको देख्छु ।
आफन्तहरु रुदँै गाडीको पछाडी आफ्नो घर गईरहेको देख्छु ।

यस्तो डर लाग्दो दिन बिस्तारै अन्त्य भइरहेको देख्छु ।
बिस्तारै मृतकको संख्यामा कमि आएको देख्छु ।
संक्रमित भन्दा बढी निको भइरहेको देख्छु ।
सुन्दर स्वस्थ्य भोलि नजिक आइरहेको देख्छु ।

कार्यालयको दैनिक कामकाजहरु गर्छु ।
झ्याल बन्द गर्छु , पर्दाले ढाक्छु ।
आफ्नो घरतिर लाग्छु ।।

राजिव झा-
सुचना अधिकारी, हेटौंडा अस्पताल

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *