TodayPati

मोदीको घोषणा : भारतका ८० करोड गरीबलाई दीपावलीसम्म निःशुल्क खाद्यान्न दिने

एजेन्सी-
भारत, जेठ २४ गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरीब तथा विपन्न परिवारलाई नोभेम्बर महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार देशवासीलाई सम्बोधन गर्दै उनले भारतका ८० करोड विपन्न तथा गरीबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘कोरोना महामारीमा पहिले पनि निःशुल्क खाद्यान्न वितरण भइरहेको थियो,’ उनले भने,‘सरकारले अब प्रधानमन्त्री कल्याण अन्न योजनाअन्तर्गत दीपावलीसम्म निःशुल्क खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ ।’

Sponsored

यसका साथै उनले जुन २१ देखि १८ वर्ष उमेर माथिका सबैलाई निःशुल्क खोप दिइने घोषणासमेत गरेका छन् ।

यसअघि राज्य सरकारहरूले गरिरहेको खोपसम्बन्धी काम अब केन्द्र सरकार आफैंले गर्ने बताउँदै उनले यस्तो घोषणा गरेका हुन्।

भारतमा अहिले ५० प्रतिशत केन्द्र सरकार, २५ प्रतिशत राज्य सरकार र २५ प्रतिशत निजी तहले खोप लगाउने काम गरिरहेको छ । तर, अब खोप लगाउन ७५ प्रतिशत सरकार र २५ प्रतिशत निजी तहबाट गरिने भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *