TodayPati

प्रदेशसभाको छैठौं अधिवेशन सुरु, अर्थमन्त्री यादवद्वारा विनियोजन विधेयक पेश

टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।

यसैबिच सोमबार बसेको प्रदेशससभाको छैठौं अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आगामी आर्थिक बर्ष २०७८।०७९ को विनियोजन विधेयक पेश गरेका छन् ।
विधेयक बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि उनले प्रस्तुत गरेका हुन् ।

उनले अगामी आर्थिक वर्षको बजेट कोभिड महामारीलाई केन्द्रित गरेर ल्याउने बताएका छन् ।

मौलिक हकको रुपमा रहेको स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन गर्न तथा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न अवस्थाको नियन्त्रण, रोकथाम र उपचार उनल तथा भविष्यमा आउन सक्ने यस प्रकारको महामारीविरूद्ध लड्न स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

Sponsored

यस्तै विगतका वर्षहरूमा घोषणा गरी कार्यान्वयनमा ल्याएका प्रादेशिक महत्वका योजना तथा कार्यक्रमहरूलाई कार्यान्वयनमा ल्याउन, वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिको पुँजी, सिप, ज्ञान र क्षमतालाई उपयोग गर्ने गरी प्रदेशमा रोजगारीको अवसर सिर्जना गर्ने केन्द्रित बजेट ल्याउने बताए ।

शिक्षा, कृषिको बजारीकरण, भू–उपयोग नीति, दुग्ध उत्पादनमा वृद्धि, भूमीको अभिलेख व्यवस्थापन, सिँचाइ सुविधा, उद्योगहरूको स्थापना, प्रवर्द्धन र विकास, प्रदेशको मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, धार्मिक पर्यटनको विकास लगायतको क्षेत्रलाई पनि बजेटमा समा समावेश गरिने उनले बताए ।

प्रदेशसभाको बजेट अधिवेशनको सुरुमै जसपा संसदीय लदका उपनेता रामअशिष यादव, एमाले संसदीय दलका नेता सत्रुधन महतो, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले शुभकामना मन्तव्य राखेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *