TodayPati

कोरोनाको त्रासले धनुषा प्रहरीको हिरासतमा रेहका अभियुक्त रिहा

अजय अनुरागी-
जनकपुरधाम, चैत १० गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।

प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्त रिहा हुन थालेका छन् ।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरीको थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएकाले प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक ९एसपी० रमेशकुमार बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताए ।

प्रहरी नायव उपरीक्षक ९डीएसपी० रामेश्वर कार्कीले आइतवार १२ जनालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकोमा ४ जना पुर्पक्षका लागि थुनामा पठाइएको र ८ जनालाई रिहा गरिएको बताए ।

सोमवार समेत १० जनाजति थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानून बमोजिम हुने उनले बताए । प्रहरी कार्यालयको हिरासतमा ६० जना छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *