सोनल मन्त्री हुँदा ६ सरकारी गाडी प्रयोग, बर्खास्तपछि मोटरसाइकल चढेर विदा
टुडेपाटी–
जनकपुरधाम, जेठ २४ गते ।
मन्त्री हुँदा ६ वटा गाडी प्रयोग गर्ने जितेन्द्र सोनल बर्खास्त भएपछि सस्तो लोकप्रियताको लागि मोटरसाइकलमा चढेर क्वाटर छाडेका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीबाट बर्खास्तमा परेका जितेन्द्र सोनल सस्तो लोकप्रियताका लागि पत्रकारहरुलाई बोलाएर एउटा झोलसहित मोटरासइकलमा चढी क्वाटर छाडेका हुन् ।
उनले चढ्नै सबै सवारीसधान जिम्मा लगाएर आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै विदा भएका छन् ।
तर उनी मन्त्री हुँदा सबैमन्त्रीभन्दा बढी सरकारी सवारीसाधान प्रयोग गर्दै आएका थिए ।
मन्त्री सोनलले प्रदेश २–०२–००१ झ ००७४ नम्बरको हेक्सा जीप, ज १ झ ४३५ नम्बरको स्टर्म सफारी, को १ झ ४ सय ९९ नम्बरको महेन्द्र जीप, ज १ ब ७९५, ज १ ब ८०१ नम्बरको दुईवटा टिभीएस मोटरसाइकल र ज ११ प ३३४८ नम्बरको यमहा कम्पनीको मोटरसाईकल उनले प्रयोग गर्दै आएका थिए ।
श्रोतका अनुसार सरकारी सवारीसाधनहरु मन्त्री सोनलसहित उनका परिवार, आफन्त र सचिवालयका कर्मचारीले प्रयोग गर्दै आएका थिए ।
राम्रो मन्त्रालयको जिम्मेबारी रहेका उनले योजना बेचेर व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै सामुन्ने एक व्यक्तिले आरोप लगाएका थिए ।
Sponsored
Pingback: सोनल मन्त्री हुँदा ६ सरकारी गाडी प्रयोग, बर्खास्तपछि मोटरसाइकल चढेर विदा – Rupantaran Online