TodayPati

राजेन्द्र महतोको बोलीमा लगाम लगाउन योगेश भट्टराईको सुझाव


टुडेपाटी-
जनकपुरधाम, जेठ २२ गते ।

नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार पदको शपथ खानासाथ मन्त्री महतोले बहुराष्ट्रिय राज्यको बहस निकालेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले यसले राम्रो संकेत नगरेको टिप्पणी गरेका हुन् ।

मन्त्री महतोको अभिव्यक्तिले देशलाई फेरि द्वन्द्वतर्फ फर्काउने आशंका गर्दै नेता भट्टराईले समाजिक सञ्जालमा  लेखेका छन् ‘ पहिलो र दोस्रो संविधान सभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज (शुक्रबार) नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन् । संकेत राम्रो छैन। देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू।’

Sponsored

उनका अनुसार संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।’

विविधतामा आधारित नेपाली राष्ट्रियता नै  साझा राष्ट्रियता  रहेको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *